वैदेशिक रोजगारीमा रहेकाका लागि जारी मुक्तिनाथ कृषि कम्पनीको सेयर बाँडफाँट – Nepal Press

वैदेशिक रोजगारीमा रहेकाका लागि जारी मुक्तिनाथ कृषि कम्पनीको सेयर बाँडफाँट

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निकालेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रवन्धकमा नियुक्त एनआईएमबीएस क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।

जारी पूँजी ७० करोडमध्ये २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई छुट्याइएकोमा त्यसको १० प्रतिशत १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो । प्रतिकित्ता एक सय रूपैयाँ अङ्कित शेयर कात्तिक १०-२४ सम्म बिक्री खुला गरिएको थियो ।

कुल ३१ हजार १९६ जना आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जनाको रितपूर्वक नआएकोले ३१ हजार १९४ जना आवेदकबाट ७ लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आएका आवेदनमा न्यूनतम १० कित्ताका दरले १४ हजार जनालाई बाँडफाँट गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर