चलचित्र प्रदर्शक र निर्माता संघबीच बैठक जारी, ‘दिमाग खराब’ टीम आफ्नो मागबाट पछि नहट्ने – Nepal Press

चलचित्र प्रदर्शक र निर्माता संघबीच बैठक जारी, ‘दिमाग खराब’ टीम आफ्नो मागबाट पछि नहट्ने

काठमाडौं । कात्तिक २९ ‘दिमाग खराब’ टीमले नेपाली फिल्मले विदेशी फिल्म बराबर शोहरु पाउनुपर्ने र तेस्रो हप्ता पनि चलचित्र र प्रदर्शकबीच ५०-५० प्रतिशत शेयर हुनुपर्ने माग उठाएको थियो । यदि आफ्ना मागहरुको सम्बोधन नभए हलबाट फिल्मलाई उठाएर प्रदर्शनको वैकल्पिक माध्यम पनि खोज्ने चेतावनी समेत दिएको थियो ।

यस विषयलाई लिएर कात्तिक ३० गते बसेको ‘दिमाग खराब’ टीम र चलचित्र संघबीचको वार्ताले आज मंगलबारसम्म फिल्महरु हलमा चलाउने र मागहरुबारे निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । आज ‘दिमाग खराब’ टीमको तर्फबाट निर्माता संघ र हल संचालकहरुको संगठन चलचित्र संघबीच अहिले वार्ता भइरहेको निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार बिहानदेखि नै वार्ता भइरहेको छ । जसरी पनि आजै निष्कर्षमा पुगेर यो मुद्दालाई किनारा लगाउने कुरामा दुवै पक्ष सहमत रहेको तर वार्ता निष्कर्षमा भने नपुगिसकेको कँडेलले बताए । उनले भने, ‘आजै निष्कर्षमा पुग्ने भनेरै वार्ता गरिरहेका छौं । तर, हाम्रा मागहरु पुरानै हुन्, ती मागहरु उहाँहरुले जसरी पनि सम्बोधन गरिदिनुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर