करिब २ केजी कोकिनसहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ – Nepal Press

करिब २ केजी कोकिनसहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ केजी कोकिनसहित भारतीय महिला पक्राउ परेकी छिन् ।

लागू औषध नियन्त्रण ब्युरोको टोलीले ३२ वर्षीया किमरोसाङ्गीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी सोमबार हिमालयन एयरलाइन्समार्फत दोहा हुँदै काठमाडौं आइपुगेकी थिइन् ।

उनले साथमा ल्याएको सुटकेसमा फल्स बटन बनाएर त्यसभित्र कोकिन लुकाएर ल्याएको ब्युरोले जनाएको छ।

सुटकेसभित्र एक केजी ९ सय ७३ ग्राम कोकिन भेटिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *