भारतलाई निराश बनाउँदै लाबुसचाग्नी र हेडको साझेदारी – Nepal Press

भारतलाई निराश बनाउँदै लाबुसचाग्नी र हेडको साझेदारी

काठमाडौं । एकदिवसीय विश्वकपको फाइनलमा अहिले भारतविरुद्ध २ सय ४१ रनको लक्ष्य पछ्याइरहेको अष्ट्रेलिया सहज स्थितिमा देखिएको छ । अष्ट्रेलियाले २१ ओभरमा ३ विकेट गुमाएर एक सय १० रन जोडेको छ । अब अष्ट्रेलियालाई २८ ओभरमा एक सय ३१ रन आवश्यक छ ।

अष्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान ट्राभिस हेड ४९ र मार्सन लाबुसचाग्नी १५ रनमा खेल्दैछन् । उनीहरुबीच ६३ रनको साझेदारी भइसकेको छ । त्यसअघि अष्ट्रेलिया ४७ रनमा तीन विकेट गुमाएर दबाबमा आएको थियो ।

डेभिड वार्नर ७, स्टिभन स्मिथ ४ र मिचेल मार्स १५ रन बनाएर आउट भए । भारतका जसप्रित बुमराहले २ र मोहम्मद सामीले एक विकेट लिएका छन् । भारत तेस्रोपटक र अष्ट्रेलिया छैटौँपटक विश्वकप जित्ने प्रयासमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर