धनगढीमा भएको आगलागीमा करिब १८ करोडको क्षति, सक्दो सहयोग गर्ने भौतिक मन्त्रीको आश्वासन – Nepal Press

धनगढीमा भएको आगलागीमा करिब १८ करोडको क्षति, सक्दो सहयोग गर्ने भौतिक मन्त्रीको आश्वासन

कैलाली । धनगढीमा शनिबार मध्य राति भएको आगलागीबाट करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

विद्युत् सर्ट भई भएको आगलागीबाट १७ करोड ९७ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

सारथी अस्पताल प्रालीको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनीकको ३० लाख, सुदिक्षा इन्टरप्राइजेजको एक करोड २० लाख, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सुज सेन्टरको ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबी सपको ९० लाख, खाद्य गोदामको चार करोड बराबरको भौतिक संरचनामा क्षति भएको छ भने दुई लाख २० हजार रुपैयाँ बराबरको कर्मचारीको स्कुटर जलेर नष्ट भएको डीएसपी चन्दले जानकारी दिए।

धनगढी उपमहानगरपालिका, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
यसै बिच सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले निरीक्षण गरेका छन् । आगलागीबाट क्षति पुगेको संरचनाहरूको निरीक्षण गदै मन्त्री देउवाले प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वास पनि दिएका हुन् ।

भोली मुख्यमन्त्री कमल बहादुर शाहले व्यापारीहरूसँग छलफल राखेका छन् । उक्त छलफलमा पनि आगलागीबाट पीडित व्यापारीको विषयमा पनि सरकारले ध्यान दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *