सशस्त्रद्वारा करिब सवा ९ लाख बराबरको अवैध सामान बरामद – Nepal Press

सशस्त्रद्वारा करिब सवा ९ लाख बराबरको अवैध सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल सुनसरीले भारतीय सीमाबाट भन्सार छली ल्याइएको करिब सवा नौ लाख बराबरको सामान बरामद गरेको छ ।

सशस्त्रले बरामद गरिएका सामानहरुलाई सुनसरी मूल भन्सार कार्यालय सेतुबन्धुमा बुझाएको छ ।

बीओपी घुस्कीबाट खटिएको सशस्त्रको टोलीले ४ लाख १० हजार बराबरको लत्ताकपडा, तथा अन्य विभिन्न सीमावर्ती क्षेत्रबाट ल्याइएका नाै लाख १४ हजार ४८० रुपैयाँ बराबरकाे अवैध सामानहरु बरामद गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुधिर खतिवडाले जानकारी दिएका छन् ।

चाडबाडमा हुनसक्ने सुरक्षा जोखिम र अवैध धन्दा नियन्त्रणका लागि सशस्त्रले निरन्तर आफ्नो सुरक्षा चेकजाँच कडा गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *