हङकङसँग ९ विकेटले हार्‍याे नेपाल, फाइनलमा पुग्न असफल – Nepal Press

हङकङसँग ९ विकेटले हार्‍याे नेपाल, फाइनलमा पुग्न असफल

काठमाडौं । चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । घरेलु टीम हङकङसँग ९ विकेटको हारसँगै नेपाल सिरिजको फाइनल दौडबाट पाखा लाग्यो ।

नेपाल यसअघि तान्जानीयासँग पराजित भएको थियो । जापानलाई पनि पराजित गरेको हङकङ फाइनलमा पुगेको छ । नेपाल र जापानलाई हराएको तान्जानियाले उपाधिका लागि हङकङसँग भिड्ने छ । फाइनलमा पुग्न असफल भएका नेपाल र जापान तेस्रो स्थानका लागि खेल्नेछन् ।
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै ५६ रनको कमजोर स्कोर खडा गरेको थियो । नेपालका लागि रुबिना क्षेत्रीले मात्रै हङकङका बलरहरुको प्रतिरोध गर्न सकिन् । उनले ३० बलमा २५ बनाएर आउट भइन् । अन्य कुने पनि ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जवाफी ब्याटिङमा हङकङले एक मात्र विकेट गुमाएर ९ ओभरमा नै लक्ष्य भेट्टाउन सफल भयो । नेपालले एउटा विकेट पनि रनआउटबाट प्राप्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर