हिमावी टोलमा आगलागी, एक घर जलेर नष्ट – Nepal Press

हिमावी टोलमा आगलागी, एक घर जलेर नष्ट

सङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लीला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

आगलागीबाट राईको घर पूर्ण रूपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन ।

आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताए।

आगलागीबाट नगद रु ३१ हजार पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो) मा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कति क्षति भयो भन्ने विवरण आई नसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *