देउसी भैलो १२ बजेसम्म खेल्न दिन प्रशासनसँग युवा संघ कैलालीको माग – Nepal Press

देउसी भैलो १२ बजेसम्म खेल्न दिन प्रशासनसँग युवा संघ कैलालीको माग

कैलाली । एमाले निकट राष्ट्रिय युवा संघ कैलाली तिहारमा देउसी भैलो १२ बजेसम्म खेल्न दिन प्रशासनसँग माग गरेको छ । कैलाली जिल्ला अध्यक्ष लक्ष्मण थापाले आज एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको पर्व तिहारमा १२ बजेसम्म देउसी भैलो खेल्न दिन र त्यसमा सुरक्षा प्रदान गर्न आग्रह गरेको हो ।

पछिल्लो समय स्थानीय प्रशासनले ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिने निर्णय गरिरहेको छ । प्रशासनको उक्त निर्णय आपत्तिजनक रहेको भन्दै देउसी भैलो खेल्न दिने समय थप गर्नु पर्नेमा युवा संघले जोड दिएको छ ।

‘आयातित विदेशी संस्कृतिको नाममा रात भरी गरिने क्रियाकलापमा आधारित संस्कृतिमा सुरक्षा प्रदान गर्न सक्ने तर, नेपालीहरूको महान् पर्व दीपावलीको अवसरमा जम्मा १२ बजेसम्म पनि सुरक्षा दिन नसक्ने अवस्था किन आयो ?’, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस दीपावलीको अवसरमा खेलिने देउसी भैलोलाई राति १२ बजेसम्म खेल्ने वातावरण सृजना गराइदिन जिल्ला प्रशासन कार्यालय समक्ष अनुरोध गर्दछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर