शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता आयाेजना, पहिलो हुनेलाई ७५ हजार – Nepal Press

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता आयाेजना, पहिलो हुनेलाई ७५ हजार

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ । बिहिबार कम्पनीले मधेस प्रदेशलाई लक्षित गर्दै ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको हो ।

प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला वर्गहरू सहभागी हुन सक्नेछन् भने, प्रतियोगिता ३ बिभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगि महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइटर फेसबुक पेजको ‘क्यूआर कोड स्क्यान’ गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ‘हवाटसप नम्बर ९८०२३३५५८५’ मार्फत पनि पठाउन सक्नेछन् ।

त्यस्तै, भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका/नगरपालिका मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेने छ । फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागी दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीलाई कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्धोग भित्र नै संचालन हुने छ ।

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्धोगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्नेहुन्छ । उनीहरुले बनाउनु भएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।

त्यसैगरी, प्रतियोगितामा ७५ हजार रुपैयाँ पहिलो हुनेलाई, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर