३ महिनामा साढे १० अर्ब निर्जीवन बीमा शुल्क संकलन – Nepal Press

३ महिनामा साढे १० अर्ब निर्जीवन बीमा शुल्क संकलन

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ४४ करोड ५५ लाख ५० रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा करिब ४४ करोड रुपैयाँले कम हो ।

गत वर्ष यही अवधिमा १० अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको थियो ।

पहिलो त्रैमासमा कुल बीमा लेख संख्या ६ लाख १ हजार ४६४ रहेको छ । सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३१ करोड ७६ लाख ८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २० लाख २१ हजार रुपैयाँ संकलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर