भूकम्प पीडितलाई एमाले बाँके र बर्दियाले गर्‍यो राहत सामग्री प्रदान – Nepal Press

भूकम्प पीडितलाई एमाले बाँके र बर्दियाले गर्‍यो राहत सामग्री प्रदान

रुपन्देही । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नेकपा (एमाले) बाँके र बर्दियाले करिब १० लाख बराबरको राहत सामग्री प्रदान गरेको छ ।

भूकम्पपीडितलाई खाद्यान्न, लत्ताकपडा र कम्बलको व्यवस्था गरी प्रभावित क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिएको एमालेले जनाएको छ ।

एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार जाजरकोटका भूकम्पपीडितका लागि ९८ बोरा चामल, तीन सय ५० थान कम्बल, लत्ताकपडा, चिउरा, भुजा र चाउचाउ गरी पाँच लाख ७५ हजार बढीको राहत सामग्री प्रदान गरिएको छ ।

एमाले बर्दियाको तर्फबाट रुकुम पश्चिमका भूकम्पपीडितलाई चार लाख ७५ हजार बराबरको एक सय क्विन्टल चामल प्रदान गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पुगेकी एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले तत्काललाई राहतस्वरुप खाद्य सामग्री र लत्ताकपडा तथा कम्बल उपलब्ध गराइएको बताइन् ।

अर्यालको नेतृत्वमा बर्दियामा रहेका केन्द्रीय सदस्य, सांसद र पार्टी नेता राहत लिएर सोमबार जाजरकोट पुगेका थिए ।

अर्यालले भूकम्प प्रभावितलाई जरूरी पर्ने तत्कालीन आवश्यकता र दीर्घकालीन योजनालाई योजना बनाएर जानुपर्ने बताउँदै संकटको समयमा प्रभावितले राहत पाउने गरी साथ दिन एमाले कार्यकर्तालाई आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *