अवैध तरिकाले भारतबाट भित्रिएको दूध ट्याङकर मकवानपुर प्रहरीको नियन्त्रणमा – Nepal Press

अवैध तरिकाले भारतबाट भित्रिएको दूध ट्याङकर मकवानपुर प्रहरीको नियन्त्रणमा

हेटौँडा । मकवानपुरे किसानले उत्पादन गरेको दूध बिक्रीमा समस्या भइरहेको समयमा भारतबाट अवैध तरिकाले हेटौँडा भित्रिएको एक ट्याङकर दूध मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिल नभएको र गुणस्तरको प्रमाणपत्र समेत नभएको एक ट्याङकर दूध प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१५ रातोमाटे चेक पोष्टमा प्रहरीले ट्याङ्क नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको दूधलाई क्वारेनटाइनलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले बताए ।

सरकारले भारतबाट आयत हुने गुणस्तरहीन दूधलाई नियन्त्रण गर्न नसक्दा मकवानपुरका किसानहरू मारमा पर्ने गरेका छन् ।

यहाँका नीजि डेरीहरूले सस्तो मूल्यमा भारतबाट दूध ल्याएर बिक्री वितरण गर्दा किसानहरूले उत्पादन गरेको दूध बिक्री गर्न समस्या हुँदै आएको छ ।

नीजि डेरीहरूले भारतबाट सस्तोमा दूध ल्याएर महँगोमा बिक्री गर्ने प्रचलन बढ्दै आएको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *