कोहलीले आफ्नो जन्म दिनमा गरे सचिनको विश्व कीर्तिमान बराबरी – Nepal Press

कोहलीले आफ्नो जन्म दिनमा गरे सचिनको विश्व कीर्तिमान बराबरी

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडीका रुपमा सचिन तेन्दुल्करले बनाएको विश्व कीर्तिमान बराबरी गरेका छन् ।

घरेलु मैदानमा जारी विश्वकपमा आइतबार कोहलीले दक्षिण अफ्रिकाविरुद्ध शतक बनाउने सचिनको नाममा रहेको ४९ शतकको कीर्तिमान बराबरी गरेका हुन् ।

कोहलीले आजै आफ्नो ३५ औं जन्म दिन पनि मनाउँदैछन् । उनी १०१ रनमा नट आउट रहे । कोहली २८९ खेलमा ७० अर्धशतक पनि बनाएका छन् ।

उनले टेस्ट क्रिकेटमा हालसम्म २९ शतक बनाएका छन् । सचिनले एक दिवसीयमा ४९ र टेस्टमा ५१ गरी शतकहरुको शतक पूरा गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर