प्याब्सन सिन्धुपाल्चोकको लोक नृत्य प्रतियोगीतामा प्रगति मावि पहिलो, सदावहार दोस्रो – Nepal Press

प्याब्सन सिन्धुपाल्चोकको लोक नृत्य प्रतियोगीतामा प्रगति मावि पहिलो, सदावहार दोस्रो

सिन्धुपाल्चोक । संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) सिन्धुपाल्चोकले विद्यार्थीहरुलाई लोकनृत्य प्रति आकर्षित गर्ने उदेश्यले जिल्लाव्यापी लोक नृत्य प्रतियोगीता आयोजना गरेको छ ।

प्याब्सन आवद्ध सिन्धुपाल्चोकका विद्यालयहरुको प्रतियोगीतामा सहभागीता रहेको थियो । कक्षा-१ देखि  ५ सम्म जुनियर तर्फ र ६ देखि १० सम्म सिनियरतर्फ गरी दुई विधामा प्रतियोगीता सञ्चालन गरिएको थियो ।

प्रतियोगीतामा सिनीयर र जुनियर दुवै विद्यामा प्रगति मावि मेलम्चीका विद्यार्थीहरु प्रथम भएका थिए । त्यस्तै सिनीयर तर्फ सदावहार एकेडेमी खाडिचौर दोस्रो, ग्रिनल्याण्ड तेस्रो र केतु बोर्डिङ सान्तवना भएका थिए । त्यस्तै सिनीयर तर्फ किस्टोन मावि दोस्रो र ग्रिनल्याण्ड तेस्रो भएको थियो । जुगल मावि तेस्रो भएको थियो ।

प्याब्सन आवद्ध जिल्लाका विद्यालयहरुको प्रतियोगीतामा सहभागीता रहेको प्याब्सन जिल्ला अध्यक्ष ओमप्रकाश उप्रेतीले जानकारी दिए । प्रतियोगीतामा विद्यार्थीहरुले लोप हुदै गएको पुराना लोक गितमा सामुहि नृत्य प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुलाई आफ्नो ठाउँको मात्रै नभएर नेपालभरको कला र सस्कृतिको बारेमा थाहा पाउन भन्ने उदेश्यले यस्तो प्रतियोगीताको आयोजना गरिएको प्याब्सन अतिरीक्त क्रियाकलप विभागकी प्रमुख एवम सदावहार एकेडेमी खाडिचौरकी प्रिन्सीपल दुर्गा थापामले जानकारी दिइन् ।

लोक नृत्य प्रतियोगीतामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई बागमती प्रदेशका सासंदद्धय सरल सहयात्री,अमृता नेपाल, सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, लिसंखु पाखर गाउँपालिका अध्यक्ष राजु लामा,बलेफी गाउँपालिकाका अध्यक्ष गंगा लामा, सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रदेश सासंद सरल सहयात्रीले विद्यार्थीहरुलाई लोक साहित्य तर्फ आकर्षित गर्नका लागि निजी विद्यालयहरुले सुरु गरेको अभियान सामुदायिक विद्यालयहरुले पनि सिक्नु पर्नेमा जोड दिएका थिए ।

प्याब्सन सिन्धुपाल्चोकले हरेक वर्ष यस्ता विभिन्न अतिरिक्त कार्यक्रमहरुको आयोजना गरेर बालबालिकाहरुको प्रतिभा प्रस्फुटनको अवसर सिर्जना गर्ने गरेको प्याब्सन सिन्धुपाल्चोकका सचिव बुद्धि आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर