मधेशका सीमा स्तम्भको पुनःनिर्माण, मर्मत र पुनःस्थापना गर्न सुरु – Nepal Press

मधेशका सीमा स्तम्भको पुनःनिर्माण, मर्मत र पुनःस्थापना गर्न सुरु

सर्लाही । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको पुनः निर्माण, मर्मत एवं पुनः स्थापना गर्न सुरु गरिएको छ ।

सशस्त्र प्रहरीले मधेस प्रदेशका आठै जिल्लास्थित नेपाल–भारत सीमा क्षेत्रका सीमा स्तम्भको पुनः निर्माण, मर्मत र पुनः स्थापना गर्न सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।

उनका अनुसार मधेस प्रदेशको पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मको करिब चार सय किलोमिटर लम्बाइमा रहेका एक हजार ७४ पिल्लरको पुनः निर्माण, मर्मत र पुनः स्थापना गर्न सुरु गरिएको हो ।

नेपाल–भारत सीमा क्षेत्रमा रहेका पिल्लरमा नेपाल पक्षले बिजोर नम्बरका पिल्लरको आवश्यकताअनुसार पुनः निर्माण, मर्मत र पुनः स्थापनाको काम गर्न सुरु गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनका अनुसार विसं २०७७ साउन १९ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सीमा क्षेत्रमा रहेका स्तम्भको निर्माण, मर्मत सम्भार र पुनः स्थापनासम्बन्धी मापदण्ड २०८० बमोजिम बिजोर नम्बरका सीमा स्तम्भको पुनः निर्माण, मर्मत र पुनः स्थापनाको काम सुरु गरिएको छ ।

यस कार्यले सीमाको संरक्षण हुनाका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल–भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्मरुपमा अध्ययन गर्न सघाउ पुग्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले बताए । उनले भने, ‘यस कार्यमा स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *