भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क – Nepal Press

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क

काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा सूचना आदान प्रदानलाई निरन्तरता दिन सञ्चारमन्त्री रेखा शर्माको निर्देशनमा उक्त निर्णय गरिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।

उनका अनुसार उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने जनाइएको छ ।

उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार नमस्ते वाइफाई सेवा पनि उपलब्ध गराइने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर