महेश बस्नेतको दाबी- एमालेजस्तो शुद्ध पार्टी कुनै छैन – Nepal Press

महेश बस्नेतको दाबी- एमालेजस्तो शुद्ध पार्टी कुनै छैन

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेजस्तो शुद्ध पार्टी कुनै नभएको दाबी गरेका छन् । राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धनले एमाले नेताहरूलाई जेल हाल्न धेरै प्रयास गरेपनि सम्भव नभएको बताए ।

उनले भने, ‘यती काण्ड, ओम्नी काण्ड, ७० करोड काण्ड, गिरिबन्धु काण्ड हाम्रो अध्यक्षले चुनौतीका साथ भन्नुभएको छ यी सबै काण्डको छानबिन गर, नेकपा एमाले तुलनात्मक रूपमा सबैभन्दा शुद्ध पार्टी हो, बेस्ट पार्टी हो । गठबन्धन एमालेका नेताहरूलाई जेल हाल्नको लागि परिकल्पनाका साथ लागेको छ, कसैलाई पनि केही गर्नसक्ने हिम्मत छैन ।’

विपक्षीहरूले केही नपाएर कम्बोडियाको टेलिकममा ओलीको लगानी छ भन्दै भ्रम फैलाएको उनले आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर