टिकट सीमित, दर्शकको साथ असीमित- जहाँबाट सम्भव हुन्छ त्यहीँबाट म्याच हेर्दै – Nepal Press
फोटो फिचर

टिकट सीमित, दर्शकको साथ असीमित- जहाँबाट सम्भव हुन्छ त्यहीँबाट म्याच हेर्दै

काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनल खेल नेपाल र यूएईबीच मुलपानी मैदानमा जारी छ । विश्वकपको ढोका खोल्ने निर्णायक म्याच हेर्न घरेलु दर्शक उर्लिएका छन् ।

आज बिहानैदेखि मुलपानी मैदानमा क्रिकेट समर्थकहरु जम्मा हुन थालेका थिए । क्रिकेट संघले अनलाइनबाट ३५ सय टिकट बेचेको छ । मैदानमा टिकट काटेर हेर्ने सुविधा छैन । तर, दर्शकहरू जहाँबाट सम्भव हुन्छ त्यहीँबाट खेलको मज्जा लिइरहेका छन् ।

वरिपरिका घरका छत, झ्याल, पानीट्याङ्कीदेखि गाडीको हुटमा समेत दर्शकहरु देखिन्छन् । नेपाल अहिले बलियो स्थितिमा छ । दर्शकको साथले खेलाडीहरूलाई थप ऊर्जा मिलिरहेको छ । दर्शकहरू नेपालको प्रत्येक रनमा हुटिङ गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *