कप्तान रोहित पनि टिक्न सकेनन्, नेपाल दबाबमा – Nepal Press

कप्तान रोहित पनि टिक्न सकेनन्, नेपाल दबाबमा

काठमाडौं । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ । नेपालले ५६ रन जोड्दा ४ विकेट गुमाएको छ । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भए ।

चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल आउट भए । उनले १२ रनमात्र बनाउन सके । नेपालले १३ रनमा पहिलो, ३७ रनमा दोस्रो र ४३ रनमा तेस्रो विकेट गुमाएको थियो । कुशल भुर्तेलले २६ रन जोडे । सोमपाल कामी १२ र आसिफ शेख ५ रन जोडेर पवेलियन फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर