विश्वकपमा पुगे नेपाली टीमलाई १५ लाख पुरस्कार दिने नोबेल मेडिकल कलेजको घोषणा – Nepal Press

विश्वकपमा पुगे नेपाली टीमलाई १५ लाख पुरस्कार दिने नोबेल मेडिकल कलेजको घोषणा

काठमाडौं । नेपालले आईसीसी टी–‍२० विश्वकपमा स्थान बनाउन सके १५ लाख रुपैयाँ पुरस्कार दिने नोबेल मेडिकल कलेजले घोषणा गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै विराटनगरस्थित कलेजले उक्त घोषणा गरेको हो । नेपाल घरेलु मैदानमा जारी छनोट प्रतियोगितामा सेमिफाइनल पुगिसकेको छ । सेमिफाइनल जित्न सके नेपाल विश्वकपका लागि छनोट हुनेछ ।

अर्ना बियर र डिस होमपछि मेडिकल कलेजले पुरस्कार घोषणा गरेको हो । नोबेल मेडिकल कलेजले जारी छनोट प्रतियोगिताको उपाधि जितेमा थप ५ लाख रुपैयाँ दिने पनि जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर