३ महिना भाखा नाघेको ५ करोडसम्म ऋणको पुनर्तालिकीकरण गर्न सकिने – Nepal Press

३ महिना भाखा नाघेको ५ करोडसम्म ऋणको पुनर्तालिकीकरण गर्न सकिने

काठमाडौं । ५ करोड रुपैयाँसम्म बैंकबाट ऋण लिएका व्यवसायीले १० प्रतिशत ब्याज तिरेर पुस मसान्तसम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै होटल तथा रेष्टुरेन्ट, पशुपक्षीपालन, निर्माण (सिमेन्ट, डण्डी, इँटा/ब्लक, पाइप्स् एण्ड फिटिङ्स्लगायतका उद्योग), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा वा ५ करोडसम्म अन्य कुनै पनि क्षेत्रको व्यवसायका लागि कर्जा लिएकाले पुनर्तालिकीकरण पाइने छ ।

‘२०७९ चैत मसान्तमा कर्जाको भाखा नाघेको ९० दिनभन्दा बढी भएको थिएन भने तपाईंले लिएको कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचनाको लागि कर्जा लिएको संस्थासमक्ष अनुरोध गर्न सकिनेछ । यसको लागि बुझाउन बाँकी ब्याजको कम्तीमा १० प्रतिशत रकम बुझाइ व्यवसायको नगद प्रवाह तथा आम्दानीको विश्लेषण गरी कर्जा चुक्ताको योजना पेस सकिनेछ’, सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले यो विशेष व्यवस्था २०८० पुस मसान्तसम्म मात्र लागू हुने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर