भारतीको रिट खतिवडा, मल्ल र चुडालको इजलासमा – Nepal Press

भारतीको रिट खतिवडा, मल्ल र चुडालको इजलासमा

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटउपर आज सुनुवाइ हुँदैछ ।

ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको छ । यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्ने भएर सरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *