नेपाल र यूएईको म्याच सुचारू, यूएईलाई २७ ओेभरमा १९८ रन चाहिने – Nepal Press

नेपाल र यूएईको म्याच सुचारू, यूएईलाई २७ ओेभरमा १९८ रन चाहिने

काठमाडौं । वर्षाले अवरूद्ध बनेको यू१९ प्रिमियर कपको फाइनल खेल सुचारू भएको छ । डीएल मेथड अनुसार यूएईले जितका लागि २७ ओेभरमा १९८ रन बनाउनु पर्ने छ ।

नेपालले पहिलो ब्याटिङ गर्दै २८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले ५२ रनमा दुई विकेट गुमाएको अवस्थामा खेल वर्षाले अवरूद्ध भयो । वर्षा रोकिएसँगै खेल सुचारू भएको हो ।

अहिले क्रिजमा यूएईका कप्तान अयान अफजल खान र ध्रुव परासर ब्याटिङ गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर