यू-१९ प्रिमियर कप फाइनलः नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य – Nepal Press

यू-१९ प्रिमियर कप फाइनलः नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको उपाधि भिडन्तमा नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।

१९ प्रिमियर कपको उपाधि भिडन्तमा नेपालले यूएईलाई २ सय ८१ रनको लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको हो ।

नेपालका लागि कप्तान देव खनालले शतक प्रहार गरे । ९२ बल खेलेका खनाल एक सय रन बनाएर आउट भए । उत्तम मगरले ५७, ओपनर अर्जुन कुमालले ५५, दीपक डुम्रेले २८ रन र दीपेश कंडेलले १० रनको योगदान दिए ।

दीपक बोहरा ५, विशालविक्रम केसी ३, हेमन्त धामी ७ रनमा आउट भए । १४ रनमा २ विकेट गुमाएको नेपालको इनिङ कप्तान खनाल र ओपनर कुमालले सम्हालेका थिए । यूएईका लागि हरिट सेट्टीले सर्वाधिक ५ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर