धर्मेन्द्र बास्तोलाको गाडीको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु – Nepal Press

धर्मेन्द्र बास्तोलाको गाडीको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु

रूपन्देही । नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले चलाएको गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ ।

गएराति भएको सवारी दुर्घटनामा परी राप्ती गाउँपालिका- ५ लठ्ठहवा निवासी अन्दाजी ३० वर्षीय शन्तराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

बिहीबार राति करिब ९ बजे लमही-भालुबाङ सडक खण्डअन्तर्गत राप्ती गाउँपालिका-५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाडौंदेखि सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले लमहीदेखि लठ्ठहवा घरतर्फ आउँदै गरेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनापछि पक्राउ परेका बास्तोलालाई इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको दाङ जिल्लाका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *