एभरेष्ट बैंकको २९औं वार्षिकोत्सवमा कोपिला भ्यालीलाई पाँच लाख आर्थिक सहयोग – Nepal Press

एभरेष्ट बैंकको २९औं वार्षिकोत्सवमा कोपिला भ्यालीलाई पाँच लाख आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विशेष कार्यक्रमबीच आफ्नो २९औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले २५ वर्ष सेवा अवधि पूरा गरेका २८ जना कर्मचारीलाई विशेष सम्मान गरेका थिए ।

त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतस्थित कोपिला भ्याली सेवा समाजलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले समाजको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङकनाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रञ्जितको समेत उपस्थिति थियो ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको एभरेस्ट बैंकमा हालसम्म करिब १३ लाख ग्राहक रहेका छन् । बैंकका देशैभर १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्ःक् बैकिङ सुविधा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा केन्द्रबाट समेत सेवा दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर