कांग्रेस छाडेर आएलगत्तै कमल थापाले कृष्ण कार्कीलाई दिए महामन्त्रीको जिम्मेवारी

२०८० कार्तिक १ गते १५:५२

काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेर कास्की नेता कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् ।
कांग्रेस छाडेर आफ्नो पार्टी रोजेका कार्कीलाई महामन्त्रीको जिम्मेवारी दिएको अध्यक्ष थापाले बताएका छन् ।
कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया