काठमाडौंमा बीवाइडीको नयाँ सीटी स्टोर सञ्चालन – Nepal Press

काठमाडौंमा बीवाइडीको नयाँ सीटी स्टोर सञ्चालन

काठमाडौं । बीवाइडी अटो प्रा. ली.को नेपालका लागि आधिकारिक वितरक साईमेक्स इङ्क प्रा.ली.ले काठमाडौंमा बीवाइडी सीटी स्टोर सञ्चालनमा ल्याएको छ ।

आइतबार कम्पनीले घटस्थापनाका दिन काठमाडौंको सोल्टिमोडमा नयाँ बिक्री केन्द्रको उद्घाटन गरिएको हो ।

विद्युतीय सवारीसाधनलाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पुर्‍याउने लक्ष्य सहित नयाँ बिक्री केन्द्रको स्थापना गरिएको कम्पनीले जनाएको छ ।

विद्युतीय सवारीसाधनमा विश्वव्यापी नेतृत्व गर्ने बीवाइडी को नेपालमा १२ वटा बिक्रेताहरूको मात्रै नेटवर्क रहेको छ ।

साईमेक्सले बीवाईडी अट्टो ३, बीवाईडी डल्फीन र अल न्यू बीवाईडी ई–६ मध्ये कुनै पनि बीवाईडी का सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकहरूका लागि सरल एक्सचेन्ज सुविधाका साथमा फाइनान्सका विकल्पहरूको प्रस्ताव पनि ल्याएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर