सुपथ मूल्य पसलमा भोलि खसी बोका ल्याइँदै, कहिलेदेखि हुन्छ बिक्री वितरण सुरु ? – Nepal Press

सुपथ मूल्य पसलमा भोलि खसी बोका ल्याइँदै, कहिलेदेखि हुन्छ बिक्री वितरण सुरु ?

काठमाडौं । सुपथ मूल्य पसलमा भोलिदेखि खसी तथा बोका ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालयबाटमा भोलि खसी तथा बोका ल्याइने कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले बताइन् ।

तर बिक्री वितरण भने भोलिको बैठकले निर्णय गर्ने उनले बताइन् । ‘सोमबार बिहान खसी बोका ल्याइने छलफल भएको छ । भोलि बिहानै ल्याइने छ । तर, बिक्री वितरण कहिले गर्ने भोलि नै सल्लाह हुन्छ’, उनले भनिन् ।

सुपथ मुल्य पसलमा आम सर्वसाधाराणहरुले ७ देखि १० रुपैयाँसम्मको छुटमा खाद्यन्न वस्तुहरु पाइरहेका छन् । पसलमा हुम्लाको कागुनो चामलदेखि बासमति चालमसम्म उपलब्ध छन् । त्यस्तै, कर्णालीको सिमी, मुसुरो दाल, मास, मुँग, क्वाटी, चना, फापर, चिउरा, आटा, तेल(तोरी, सनफलावर), घ्यू, नुन, ग्याँस, सिलिण्डर र इन्डक्नसन चुलोसम्म विक्री वितरण भइरहेको छ ।

बजारमा चिनीको अभावका कारण सुपथ मुल्य पसलामा समेत चिनी खोज्नेको संख्या बढ्दो छ । तर, चिनी साल्ट साल्ट ट्रेडिङले मात्रै विक्री गर्ने गर्दछ । केहि दिन अघि सुपथ मूल्य पसल वागमती प्रदेशले केहि मात्रामा चिनीको विक्री वितरण गरेको थियो । बजारमा चिनीको माग पूर्ति गर्न नसकेपछि बन्द गरेको थापाथली सुपथ मूल्य पसलले जनाएको छ ।

उपत्यका भित्र थापाथली र रामशाहपथ, ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा छन् भने, उपत्यका बाहिर ४० जिल्लाहरुमा सुपथ मुल्य पसलहरु सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर