एमालेलाई माधव नेपालको चुनौती- प्रचण्ड सरकार ढाल्न धेरै चुरीफुरी नगर्नुस्, खुट्टी हामीले देखिसकेका छौं (भिडिओ) – Nepal Press

एमालेलाई माधव नेपालको चुनौती- प्रचण्ड सरकार ढाल्न धेरै चुरीफुरी नगर्नुस्, खुट्टी हामीले देखिसकेका छौं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनको सरकार तलमाथि नहुने दाबी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने जिकिर गरे ।

सुर्खेतमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै उनले भने, ‘कतिपयलाई लागेको होला, यो गठबन्धन सरकार टिक्छ कि टिक्दैन भन्ने । कोशी प्रदेशमा नयाँ समस्या खडा भयो । त्यसले यो सरकारमाथि आशंका उठेको हुनसक्छ । यो सरकारलाई कसैले ढाल्न सक्दैन । कसैले जतिसुकै फुर्ती देखाए पनि यो फुर्ती चल्नेवाला छैन । किनभने हामी छौं । हाम्रो पार्टीले राजनीतिक कोर्स चेन्ज गरिदिएको छ ।’

उनले एमालेलाई लक्षित गर्दै थपे, ‘आफूलाई ठूला भन्ने दलहरुलाई पनि हामीले देखाइदिएका छौं । चुरीफुरी धेरै नगर्नुस् तपाईंहरुको खुट्टी हामीले देखिसकेका छौं । के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न हामीलाई थाहा छ ।’

देशलाई सही दिशा दिन गठबन्धन बनाएको उनले बताए । नेता नेपालले अहिले जनतामा विरोधीहरुले सबै पार्टी एउटै भन्ने भ्रम फैलाइरहेको बताए ।


प्रतिक्रिया

One thought on “एमालेलाई माधव नेपालको चुनौती- प्रचण्ड सरकार ढाल्न धेरै चुरीफुरी नगर्नुस्, खुट्टी हामीले देखिसकेका छौं (भिडिओ)

  1. प्रचण्डले फ्याकेको हड्डी खान नपाईएला भन्ने ठूलो पिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर