एमाले मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीले खाए पद तथा गोपनीयताको शपथ – Nepal Press

एमाले मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीले खाए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई आज शपथग्रहण गराइएको छ ।

एमाले मधेश प्रदेश अध्यक्षमा सर्वसम्मत निर्वाचित चन्देश्वर मण्डललाई मुख्य निर्वाचन अधिकृत टिकाध्वज खड्काले शपथग्रहण गराए । त्यसपछि अध्यक्ष मण्डलले ४ पदाधिकारीलाई शपथग्रहण गराएका छन् ।

प्रदेश अध्यक्ष मण्डलले उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी र मो. कैसलाई शपथग्रहण गराएका हुन् । यी चार पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा एमाले मधेश प्रदेशका पदाधिकारीले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहणसँगै अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको छ ।

शपथग्रहण समारोहमा पार्टी सचिव रघुवीर महासेठ, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, प्रदेश सह-इन्चार्ज लीलानाथ श्रेष्ठ, प्रदेश पूर्व अध्यक्ष रामऔतार यादव लगायतका नेताहरू सहभागी थिए । उनीहरूले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिए ।

प्रदेश समिति सदस्यहरू पनि सर्वसम्मत चयन भएको र उनीहरूको शपथग्रहण पछि गराइने बताइएको छ ‌।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर