कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि ८ बजेबाट सांसदहरुको सनाखत हुँदै – Nepal Press

कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि ८ बजेबाट सांसदहरुको सनाखत हुँदै

विराटनगर । केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका ४७ प्रदेशसभा सशरीर उपस्थिति हुँदा पनि कार्कीलाई मुख्यमन्त्री नियुक्त नगरेका प्रदेश प्रमुखले दुवै पक्षका सांसदको सनाखत गराउँदै छन् । सनाखतका लागि कोशी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका दुवै पक्षका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुनुपर्ने भएको छ ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन भनेका छन् ।

मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् ।

अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर