माधव नेपाल भन्छन्- संविधान मास्ने षड्यन्त्र भइरहेको छ – Nepal Press

माधव नेपाल भन्छन्- संविधान मास्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

कैलालीको टीकापुरमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गदै उनले धरान, सर्लाही र नेपालगञ्जका साम्प्रदायिक घटनाले संविधान मास्ने षड्यन्त्र भइरहेको बताए ।

नेता नेपालले भने, ‘सामाजिक सद्भावलाई भड्काउने केही कोसिस भइरहेको छ । त्यस्ता प्रयत्नहरूलाई हामीले असफल पार्नुपर्छ । यस्तो कुरामा सरकार सचेत रहोस् । संसारको कुनै पनि व्यवस्था आफैंमा पूर्ण हुँदैन । व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर गर्नुपर्छ ।’

उनले युवाहरूमा राजनीतिप्रति वितृष्णा सिर्जना हुने गरी भ्रम सिर्जना गरिएको बताए । जागरण अभियान लिएर जनताको माझमा जाँदा सकारात्मक प्रभाव पाएको जिकिर गर्दै अध्यक्ष नेपालले पार्टीमा आकर्षण बढेको दाबी गरे ।


प्रतिक्रिया

One thought on “माधव नेपाल भन्छन्- संविधान मास्ने षड्यन्त्र भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर