प्रचण्डको उपस्थितिमा कांग्रेस बैठक, शेखरले गरे देउवाका दुवै प्रस्ताव अस्वीकार (भिडिओ) – Nepal Press

प्रचण्डको उपस्थितिमा कांग्रेस बैठक, शेखरले गरे देउवाका दुवै प्रस्ताव अस्वीकार (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसबाटै मुख्यमन्त्रीमा अर्को नाम मुख्यमन्त्रीमा दिन वा गठबन्धनबाट उम्मेदवार इन्द्र आङ्बोलाई नै सघाउन गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।

कांग्रेस नेताहरुको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत सहभागी भएर विकल्प नाम दिन भन्दा पनि शेखरले नमानेको प्रवक्ता मीन विश्वकर्माले बताए ।

विश्वकर्माले प्रधानमन्त्री प्रचण्ड कांग्रेसले एकमतले निर्णय गरे इन्द्रलाई ब्याक गर्न तयार भए पनि शेखर बाधक बनेको बताए ।

उनका अनुसार शेखरलाई सभापति शेरबहादुर देउवाले कांग्रेसबाटै अर्को नाम प्रस्ताव गर्न भन्दा उनले केदार कार्कीलाई आफूले नै अघि सारेको भन्दै अरु विकल्पमा छलफल गर्न तयार भएनन् ।

शेखर त्यसपछि कार्यसम्पादन समिति बैठकमा समेत नआएको र उनीसँग फेरि छलफल गर्ने र बैठक भोलिसम्म निरन्तर रहने विश्वकर्माले बताए ।

उनले भने, ‘कोशीमा कांग्रेस फुटिहालेको अवस्था होइन । उहाँले अहिले असन्तुष्टि जाहेर गरिराख्नुभएको छ । सबै असन्तुष्टि विभाजनमा जान्छन् भन्ने छैन । यसलाई व्यवस्थापन गर्न सक्छौं भन्ने लागेको छ । आज शेखर दाइको अनुपस्थितिलाई हामीले प्रतीक्षाको रुपमा लियौं । भोलि उहाँको उपस्थितिमा छलफल गर्छौं । यसले विभाजनतिर लैजान्छ भन्ने अनुमान गरेका छैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर