झापामा प्रधानाध्यापकहरुको लागि तनाव र चिन्ता कम गर्न भावातीत ध्यान शिविर – Nepal Press

झापामा प्रधानाध्यापकहरुको लागि तनाव र चिन्ता कम गर्न भावातीत ध्यान शिविर

काठमाडौं । झापामा शनिबार सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको लागि भावातीत ध्यान शिविर हुने भएको छ । संकल्प प्रतिष्ठानको आयोजना र महर्षि फाउन्डेसनको सहआयोजनामा सञ्चालन हुन लागेको यो शिविर चार दिनसम्म सञ्चालन हुनेछ ।

झापा क्षेत्र ४ भित्र पर्ने सामुदायिक र संस्थागत विद्यालयका प्रधानध्यापकहरु ध्यान शिविरमा सहभागी हुने आयोजक संकल्प प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र प्रसाईंले जानकारी दिए ।

झापाको सुरुङ्गास्थित लोटस पार्टी प्यालेसमा हुने यो चार दिने ध्यान शिविर ‘सम्बृद्धिका लागि संकल्प’ नारासहित संघीय सांसद लालप्रसाद साँवा लिम्बू (एलपी)को पहलमा सञ्चालन हुनृ भएको हो ।

दैनिक दुई घण्टा हुने ध्यानमा करिब १०० जना प्रधानाध्यापकको सहभागिता रहने आयोजकको अनुमान छ । माधव अर्यालले ध्यान शिविर सञ्चालन गर्नेछन् ।

‘तनाव कम गर्ने, जागृत बढाउने, सकारात्मक सोचको विकाससहित हृदय रोग, मुटु रोग, मृगौला रोग जस्ता गम्भीर रोगको जोखिम न्यूनीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ’, अध्यक्ष प्रसाईंले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *