नेपाली भूमिमा मोदीको सवारी, स्थानीय प्रशासनलाई छैन जानकारी – Nepal Press

नेपाली भूमिमा मोदीको सवारी, स्थानीय प्रशासनलाई छैन जानकारी

कैलाली । नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा नेपाली प्रशासनलाई कुनै आधिकारिक जानकारी नगराइएको पाइएको छ।

कैलाश पर्वतको दर्शनका लागि उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने छन् । तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले त्यसबारेमा आधिकारिक नभएको जानकारी दिइन् ।

‘हामीले पनि आउँदै हुनुहुन्छ भन्ने सुनेका छौँ तर आधिकारिक कुनै जानकारी छैन’, उनले भनिन् ‘त्यस क्षेत्रका विषयमा हामीलाई जानकारी गराइँदैन ।’

बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँमा मोदीले भ्रमण गर्ने मात्र नभई त्यहाँका ३० जना स्थानीयवासीसँग भेटघाट र छलफल गर्ने कार्य तालिका रहेको छ । यस विषयमा पनि कुनै जानकारी नगराइएको सिडिओ जोशीले बताइन् ।

‘भारतीय प्रधानमन्त्री आउने भन्ने कुरा पनि हामीले हाम्रो आन्तरिक सुरक्षा संयन्त्रबाट थाहा पाएका हौँ’ उनले भनिन्, ‘त्यसबाहेक अन्य धेरै जानकारी छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *