साम्बा इजरायलबाट स्वदेश फर्किइन् – Nepal Press

साम्बा इजरायलबाट स्वदेश फर्किइन्

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् ।

सावित्रा क्लब रानानामा आबद्ध छिन् । उनी आबद्ध भएको क्लबको क्षेत्रमा इजरायल र प्यालेस्टाइनबीचको युद्धको प्रभाव नभए पनि फुटबल गतिविधि ठप्प भएका छन् । जसका कारण उनी स्वदेश फर्किएकी हुन् ।

उनलाई अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर