रास्वपा सांसद स्वर्णिम वाग्लेद्वारा श्रीलंकाली राष्ट्रपतिसँग भेट – Nepal Press

रास्वपा सांसद स्वर्णिम वाग्लेद्वारा श्रीलंकाली राष्ट्रपतिसँग भेट

काठमाडौं । श्रीलंकाको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले श्रीलंकाका राष्ट्रपति एवं अर्थमन्त्री रणिल विक्रमेसिङ्घेसँग आज शिष्टाचार भेटघाट गरेका छन् ।

श्रीलंकाको अर्थतन्त्र र समाधानोन्मुख संकट, लुम्बिनीले गाँसेको नेपाल-श्रीलंका सम्बन्ध, सार्कको भविष्य र सूचना प्रविधिका नयाँ सम्भावनाबारे सौहार्दपूर्ण वार्ता भएको डा. वाग्लेले बताए । विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षेत्रीय निर्देशकको पदमा नेपालको उम्मेदवार रहेका डा. शम्भु आचार्यको पक्षमा श्रीलंकालाई मतदान गर्न पनि डा. वाग्लेले आग्रह गरे ।

नेपालको सरकारी पक्षले आफ्नो उम्मेदवारका लागि दह्रो क्षेत्रीय ‘लबिङ्ग’ नगरेको भन्ने चर्चाकाबीच नेपालका एकजना प्रतिपक्षी सांसदले यसरी मित्रराष्ट्रका राष्ट्राध्यक्षसमक्ष गरिएको आग्रह उल्लेखनीय मानिएको छ । भेटघाटमा श्रीलंकाली आर्थिक सङ्कटबारे डा. वाग्लेले प्रा. डा. प्रेमचन्द्र आथुकोरालासँग सह-लेखन गरेको आफ्नो प्राज्ञिक शोधपत्रको एक प्रतिपनि हस्तान्तरण गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर