यस्ता छन् बागमती प्रदेश सरकारका निर्णयहरु – Nepal Press

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णयहरु

हेटौंडा । बागमती प्रदेश सरकारको आज बसेको बैठकले चारवटा निर्णय गरेको छ । सरकारले बागमती प्रदेशमा खरको छाना मुक्त गर्ने कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले बताए ।

आजको बैठकले चेपाङ वनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम (मकवानपुर, चितवन र धादिङ) जिल्लामा लागू हुनेगरी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए ।

बैठकले बागमती प्रदेश सभाको बर्षे अधिवेशन आज असोज २३ गते राति १२ बजेदेखि अन्त्य गर्नको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने र प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने निर्णय भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर