समस्यामा परेका नेपालीको उद्धारका लागि इजरायलस्थित दूतावासद्वारा सूचना संकलन सुरु – Nepal Press

समस्यामा परेका नेपालीको उद्धारका लागि इजरायलस्थित दूतावासद्वारा सूचना संकलन सुरु

काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाल राजदूतावासले समस्यामा परेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशनका लागि सूचना जारी गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै सूचना संकलनको काम सुरु गरिएको जनाएको हो । ‘उद्धारमा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरुले दूतावासको वेभसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्नुहुन आह्वान गर्दछौं । यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्नुहोला’, दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ दूतावासको सूचनाः

नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन सम्बन्धी जरूरी सूचनाः

इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरु गरेको छ । यस प्रक्रियामा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरुले दूतावासको वेभसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्नुहुन आह्वान गर्दछौं ।
यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्नुहोला ।

– नेपाली राजदूतावास,
– तेल अविव, ईजरायल ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *