शिक्षक सरूवाकाे विराेधमा विद्यार्थीकाे प्रदर्शन, प्रहरीको लाठीबाट ६ जना घाइते – Nepal Press

शिक्षक सरूवाकाे विराेधमा विद्यार्थीकाे प्रदर्शन, प्रहरीको लाठीबाट ६ जना घाइते

जनकपुरधाम । पर्साको विन्दवासिनी गाउँपालिका घेर्न पुगेका विद्यार्थीहरुमाथि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको छ ।

शिक्षक सरुवाको विरोधमा बहुअर्वा भट्ठास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयका विद्यार्थीहरु गाउँपालिका घेर्न पुगेका बेला प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले लाठीचार्ज गर्दा ६ विद्यार्थी घाइते भएका छन् ।

घाइते हुनेमा कृष्ण मुखिया, विशाल कुमार यादव, अरविन्द पटेल, नीरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव रहेका छन् । दुई जनाको टाउँको फुटेको र दुई जनाको हात र खुट्टामा चोट लागेको बताइएको छ ।

गाउँपालिकाले स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकको सरुवा गरेको छ । शिक्षकको सरुवाले पढ्न नपाएको भन्दै पुनः फिर्ता ल्याउनुपर्ने कक्षा ९, १०, ११ र १२ का विद्यार्थीको माग छ । त्यसकै लागि गाउँपालिका कार्यालय पुगेर भित्र प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज गरेका थिए ।

झडपपछि विद्यार्थीहरुले प्रहरी प्रशासन र गाउँपालिका अध्यक्ष विरुद्ध नाराबाजी गरिरहेका छन् । अहिले गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले समस्या समाधानका लागि विद्यार्थीलाई वार्तामा बोलाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *