निजी स्कुलमा ताला लगाउँदैमा शिक्षा क्षेत्रको सुधार हुन्न: पम्फा भुसाल – Nepal Press

निजी स्कुलमा ताला लगाउँदैमा शिक्षा क्षेत्रको सुधार हुन्न: पम्फा भुसाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले निजी शैक्षिक संस्थालाई धारे हात लगाएरमात्र सरकारी शिक्षा मजबुत नहुने बताएकी छन् ।

अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टीमको शुक्रबार भएको बैठकमा विद्यार्थी नेताहरुलाई प्रशिक्षणात्मक निर्देशन दिँदै नेतृ भुसालले सरकारी शैक्षिक संस्थालाई बलियो नबनाइ र आममानिसमा आकर्षण पैदा नगराई निजी शिक्षाको पूर्ण विकल्प तयार हुन नसक्ने बताइन् ।

उपाध्यक्ष भुसालले उपत्यकाका सरकारी र सामुदायिक स्कुललाई निजीसरह गुणस्तरीय बनाउन के के गर्‍यो भने सम्भव छ, त्यो योजना बनाएरै अघि बढ्न विद्यार्थी नेताहरुलाई निर्देशन दिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

माओवादीको ३ महिने अभियानको समीक्षा गरिएको बैठकमा पहिलो चरणमा उपत्यकाका सबै सरकारी शिक्षण संस्थालाई निजीसरह प्रतिस्पर्धी हुनेगरी कार्ययोजना बनाएरै अघि बढ्न नेतृ भुसालले निर्देशन दिइएकी थिइन् ।

अखिल क्रान्तिकारीले विवाद समाधान गरेर संगठन एक भएको घोषणा गरेपछिको पहिलो औपचारिक बैठकले संगठनमा जिम्मेवारी, बढुवालगायत विविध विषयमा एकमत निर्णय गरेको मैनालीले जानकारी दिए ।

बैठकमा इन्चार्ज हिमाल शर्माले चाडबाडको समयमा समेत फरक शैलीमा अभियान जारी राख्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “निजी स्कुलमा ताला लगाउँदैमा शिक्षा क्षेत्रको सुधार हुन्न: पम्फा भुसाल

  1. तिमीहरूका विद्यार्थी नामका गुण्डालाई काठमाडौंमा बसी बसी खानु परेन ? स्कुल बन्द नगरे संचालकले पैसा दिंदैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर