अहिले प्रचण्डको विकल्पमा अर्को सरकार बन्ने कुनै सम्भावना छैन: माधव नेपाल – Nepal Press

अहिले प्रचण्डको विकल्पमा अर्को सरकार बन्ने कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कुनै विकल्प नभएको बताएका छन् ।

समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले आफूहरु पनि सरकारमा भएकाले यही सरकारलाई सफल बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अहिले अरु कुनै सरकार बन्नसक्ने सम्भावना छैन । अर्को कुनै विकल्प छैन । हामी सामेल सरकारलाई सही दिशामा अघि लिएर जान भूमिका खेल्नुपर्छ । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन समाजवादी मोर्चा पनि बनाएका छौं । वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरेका छौं । लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई अगाडि लिएर जान्छौं ।’

नेता नेपालले प्रतिगमनकारीहरुले अहिले पनि यो व्यवस्थालाई भत्काउने योजना बनाइरहेको आरोप लगाए ।

उनले भने, ‘अहिले पनि पुरानो व्यवस्था फर्काउने खतरनाक योजना बनाइरहेका छन् । त्यसलाई हामीले जोगाउनुपर्नेछ । धर्मको नाममा अनेक खालका कुरा आइरहेका छन् । त्यसबारे सबै होसियार हुनुपर्छ ।’

उनले सरकारले गरेको राम्रो कामलाई समर्थन गर्दै गलत काम गरेको बेलामा औंला ठड्याउनेसमेत बताए।

पार्टी सदन र सडकको मोर्चामा क्रियाशील भएर अघि बढ्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “अहिले प्रचण्डको विकल्पमा अर्को सरकार बन्ने कुनै सम्भावना छैन: माधव नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर