जनयुद्ध दिवसबारे ओलीलाई सरकारको जवाफ- एमाले गठबन्धन सरकारमा हुँदाकै क्याबिनेट डिसिजन हो (भिडिओ) – Nepal Press

जनयुद्ध दिवसबारे ओलीलाई सरकारको जवाफ- एमाले गठबन्धन सरकारमा हुँदाकै क्याबिनेट डिसिजन हो (भिडिओ)

काठमाडौं । नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जनयुद्ध दिवस क्याबिनेट डिसिजन भएकाले कसैले भन्दैमा नहटाउने बताएकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै खारेज नगरे कदम चाल्ने चेतावनी दिएपछि उनले यस्तो बताएकी हुन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुको प्रश्नमा उनले भनिन्, ‘यो क्याबिनेट डिसिजन हो । हिजो हामी नेकपा एमालेसँगै गठबन्धनमा थियौं । त्यतिबेलाको गठबन्धनको सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर क्याबिनेटबाट पारित गरेको विषय हो । क्याबिनेटले पास गरेको विषय संसदमा एकजना नेताले बोल्दैमा केही हुँदैन । क्याबिनेटले पारित गरिसकेपछि जनयुद्ध दिवस मनाएर जान्छ । जनयुद्ध दिवसको विषयमा उहाँले व्यक्त गरेको अभिव्यक्तिमा सरकारको सहमति छैन ।’

उनले आज व्यवस्था र अवस्था जनयुद्धकै जगमा बनेको दाबी गरिन् ।

मन्त्री शर्माले भनिन्, ‘जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा हुँदैनथ्यौं । क्याबिनेटले डिसिजन गरेर सरकारको क्यालेण्डरमै समावेश भइसकेको विषयमा अनावश्यक ढंगले घृणा फैलाउनु उपयुक्त हुँदैन ।’

उनले जनयुद्ध खास पार्टी र व्यक्तिको विषय नभएकाले सरकारले दिवसकै रुपमा मनाउने दोहोर्‍याइन् ।


प्रतिक्रिया

One thought on “जनयुद्ध दिवसबारे ओलीलाई सरकारको जवाफ- एमाले गठबन्धन सरकारमा हुँदाकै क्याबिनेट डिसिजन हो (भिडिओ)

  1. सहि हो, किन भने त्यो बेला सम्ममा माओवादी ( प्रचन्डपथ ) काङ्रेस सँग सल्की सकेको थियो : नैतीक पतन् भै सकेको थियो : दोस दिने त यिनिहरुले जन्मै देखी सिकेका छन कत्ती कत्ती !!
    यो यसरी भन्न खोजेको के !? त्यो निर्णय गलत थियो तर ओली पनि सँगै भएकाले ओली पनि गलत !? कि, ओली संगै हुँदा गर्न नपाएको ले काङ्रेस सँग सल्किनु परेको !? कि, के …!?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर