माओवादीका केन्द्रीय सचिव अस्वस्थ, हेलिकप्टर मार्फत काठमाडौं लगिँदै

२०८० असोज १७ गते ९:२३

कैलाली । नेकपा माओवादी केन्द्रका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएका छन् । अछामको रामारोशन कार्यक्रममा सहभागी हुनका लागि साँफेबगर पुगेका आचार्यलाई एक्कासि स्वास्थ्यमा समस्या देखिएको हो ।
बुधबार बिहान एक्कासि समस्या देखिएपछि बयलपाटा अस्पतालमा प्रारम्भिक उपचार पछि हेलिकप्टर मार्फत काठमाडौँ लैजाने तयारी भइरहेको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर