श्रीनिवास आचार्य पक्राउ – Nepal Press

श्रीनिवास आचार्य पक्राउ

विराटनगर । उत्तेजक अभिव्यक्ति दिएर र हिंसा मच्चाउन खोजेको आरोपमा श्रीनिवास पक्राउ परेका छन् ।

उनलाई सुनसरीको प्रकाशपुरबाट केन्द्रीय अनुसन्धान ब्यूराे र क्षेत्रीय अनुसन्धान ब्यूरो रिटको टोलीले पक्राउ गरेको हो ।

उनले १ साता अघि गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको प्रहरीले जनाएको छ । उनलाई भोलि धनुषा पठाइने प्रहरीले बताएको छ ।

सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य यस अघि आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पक्राउ परेका थिए ।

 


प्रतिक्रिया

One thought on “श्रीनिवास आचार्य पक्राउ

  1. नेपालमा धर्मको नाउँमा राजनीति गर्ने कुनै पनि राजनीतिक दल चाहिएको छैन |
    नेपालमा मानिस मानिस बिच जातीय विभेद गर्ने र साम्प्रदायिक हिंसा निम्त्याउने समुह चाहिएको छैन |
    नेपालमा कुनै पनि धर्मको नाउँमा साम्प्रदायिक हिंसा निम्त्याइ धार्मिक युद्ध गराउन खोज्ने भ्रष्ट नियत भएका कुनै पनि धर्मको गुरु पास्टर र मतुवा चाहिएको छैन |
    नेपाल विश्व को अग्लो शिखर भएको सगरमाथाको देश हो र यो भुमी शान्तिपूर्ण क्षेत्र हो त्यसैले नेपालको भुमिमा जात र धर्मको नाउँमा साम्प्रदायिक हिंसा निम्त्याउन खोज्नेहरु यो देशको सबैभन्दा ठूलो भ्रष्टाचारी अपराधी र आतंककारी हुन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *