आत्महत्या गर्ने संख्यामा किन पुरुषहरु बढी ? – Nepal Press

आत्महत्या गर्ने संख्यामा किन पुरुषहरु बढी ?

एउटा विश्वव्यापी तथ्याङ्क छ, आत्महत्याको कोसिस ३ गुणा बढी महिलाले गर्छन् तर, आत्महत्या गर्ने पुरुषको संख्या महिलाको भन्दा तीन गुणा बढी हुन्छ ।

एक वर्षअघि अर्थात् सन् २०२२ अगष्टमा संयुक्त राज्य अमेरिकामा पुरुषले भन्दा महिलाले किन बढी आत्महत्या प्रयास गर्छन् भन्ने विषयमा यहाँका वयस्क मानिसहरुमा गरिएको अनुसन्धानले पनि यो तथ्यांक पुष्टि गर्छ ।

यद्यपी, अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित तथ्यांकअनुसार तीन गुणा होइन गरिएको वयस्क १ दशमलव ७८ प्रतिशत वयस्क महिलाले पुरुषको तुलनामा बढी आत्महत्या प्रयास गर्ने देखिएको छ ।

यो तथ्याङ्कको ठिक विपरीत आत्महत्याको संख्या तीन गुणा बढी संख्यामा पुरुष छन् । विश्वव्यापी रुपमा स्वास्थ्य, रोग र मेडिकल पेशाको विषयमा अनुसन्धान गर्ने विज्ञ जोन इल्फ्लेइनकाका अनुसार विश्वव्यापी रुपमा अहिले विश्वमै दक्षिण कोरिया आत्महत्यामा अगाडि रहेको देश हो । उक्त देशमा पनि महिलाहरुको आत्महत्या दर बढ्दै गएको देखिन्छ ।

२०२० को तथ्याङ्कअनुसार दक्षिण कोरियामा प्रति लाख मानिसहरुमध्ये १४ दशमलव ९ प्रतिशत महिलाको आत्महत्या छ भने ३४ दशलव ९ पुरुषले आत्महत्या गर्छन् । यसरी हेर्दा करिब यो संख्या पनि महिलाको तुलनामा २ दशमलव ३४ प्रतिशतले बढी छ भने संयुक्त राज्य अमेरिकामा सन् २०२० कै तथ्यांक अनुसार महिलाको तुलनामा ४ गुणा बढीले पुरुषको आत्महत्या छ ।

विश्वभर आत्महत्या बढी हुने देशहरुको तथ्यांक हेर्दा महिलाको तुलनामा ५ गुणा भन्दा बढी पुरुषले आत्महत्या गर्ने देशहरु पनि भएका विश्वव्यापी अध्ययनहरुले देखाएका छन् ।

नेपालको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा देशभरका ६ हजार ९९३ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्डमा उल्लेख छ । तिमध्ये पुरुषको संख्या ३ हजार ९४२ जना छ भने महिला २ हजार २५६ जना छन् । २६६ बालक र ५२९ जना बालिका पनि यहि सूचीमा छन् ।

नेपालको आर्थिक वर्ष २०७९/०८० को आत्महत्या गर्ने मानिसहरुको तथ्यांकले १ दशमलव ७४ गुणाले वयस्क पुरुषको संख्या गरेको देखाउँछ ।

मानसिक स्वास्थ्यमा १२ वर्षदेखि काम गर्दै आएका चिकित्सक डा. गिरिराज भन्तना भन्छन्, ‘महिलाहरु आफ्ना कुरा खोल्न सक्छन् तर पुरुषहरु आफ्ना कुराहरु स्पष्ट राख्दैनन् र उनीहरुको मानसिक स्वास्थ्यमा उपचार ढिलो हुन्छ भन्ने उदाहरण हो ।’

उनका अनुसार औसतमा महिला भन्दा तेब्बर बढी पुरुषले आत्महत्या गर्नुको कारण उनीहरु तेब्बरकै संख्यामा मानसिक समस्यामा छन् भन्ने हो । आत्महत्या गर्ने मध्ये ९९ प्रतिशत मानिसहरु डिप्रेसनका कारण आफैलाई सिध्याउने मेडिकल रुपमा नै प्रमाणित भइसकेको छ ।

आत्महत्या गर्नुअघि औसतमा ८ पटकसम्म मानिसले आत्महत्याको प्रयास गरेको हुन्छ । तर, पुरुषहरुले गरेको आत्महत्या प्रयास आफ्नै परिवारका सदस्यले पनि हतपत थाहा पाउँदैनन् र उनीहरु एपचारमा पुग्न पाउँदैनन् । अन्तमा उनीहरुको ज्यान जाने डा. भन्तनाको कथन छ ।

अहिले विश्वमा १५ प्रतिशत अर्थात् ४५ लाख मानिसहरु मानसिक रोगी रहेको आँकडा पाइन्छ । उनीहरु मध्ये २२ दशमलव २ प्रतिशतलाई मानिस डिप्रेसनमा हुन्छन् र उनीहरुलाई आफ्नो मानसिक समस्या थाहा हुँदैन भने डा. भन्तनाकै अनुसार मानसिक रोगी मध्ये पनि ७ प्रतिशतले मात्रै चिकित्सकसँग उपचार लिन पाउँछन् भने ९३ प्रतिशत मानसिक रोगीहरु आफ्नो समस्या थाहा नपाइ बस्छन् । अझ पुरुषहरु यो संख्यामा बढी छन् । स्वयं मानसिक समस्यामा रहेका मानिसलाई आफू मानसिक स्वास्थ्य कमजोर भएको थाहा हुँदैन ।

कानमा आवाज आएजस्तो, सोचमा परिवर्तन, उदास, आशाहरु सकिएझैँ महसुस हुन थालेपछि उपचारमा जानुपर्छ । तर, नेपालमा यो अवस्थालाई अझै राज्यले स्वीकार गर्न सकेको छैन । चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा छुट्याएको कुल बजेटकोे शुन्य दशमलव ७ प्रतिशत मात्रै मानसिक रोगको समस्या निराकरणका कार्यक्रममा सरकारले बजेट छुट्याएको छ ।

विश्व स्वास्थ्य संगठनले मानिसको मानसिक स्वास्थ्यलाई स्वस्थ्यको परिभाषासँग जोडेपनि नेपालकोे स्वास्थ्य सेवामा अझै राज्यले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सकेको छैन । विश्वमा हरेक ४५ सेकेण्डमा १ जना मानिसले आत्महत्या गर्ने तथ्यांक छ भने प्रहरीको तथ्यांक विश्लेषण गर्दा नेपालमा हरेक दिन १९ जनाभन्दा धेरै मानिसहरु आत्महत्या गर्ने गरेका छन् । भने करिब ११ जना वयस्क पुरुषले दैनिक आत्महत्या गर्ने गर्छन् ।

समाजशास्त्री इमाइल दुर्खिमले सन् १८८७ मा आफ्नो पुस्तक आत्महत्याः एक समाजशास्त्रीय अध्ययन पुस्तकमा आत्महत्याको ४ कारण उल्लेख गरेका छन् । जसमा अहमता, समाजको हित, विसंगती र भाग्यवादका कारणलाई व्याख्या गरिएको छ ।

नेपाल र विश्वव्यापी रुपमै हेर्दा जन्ममा महिला वा पुरुष भएको कारणले उसलाई हुर्काउने फरक सामाजिक तरिकाहरु छन् । ति तरिकाहरुले पुरुषलाई जबरजस्त कमाउनुपर्ने, कडा मिजासको देखिनुपर्ने, रुन नहुने जस्ता संस्कारहरु सिकाउँदै आएको पाइन्छ । यी कारणहरुलाई विस्तारै घटाउँदै लैजाने र उनीहरुलाई आत्मबल र मनोबल बढाउन, जिम्मेवारी बाँडफाँड गर्न सिकाउने हो भने यो अवस्था कम गर्न सकिने देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर