म्यानमारसँग गोलरहित बराबरीमा रोकियो नेपाल, अञ्जन पेनाल्टीमा चुके – Nepal Press

म्यानमारसँग गोलरहित बराबरीमा रोकियो नेपाल, अञ्जन पेनाल्टीमा चुके

काठमाडौं । नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । अञ्जन विष्ट पेनाल्टीमा चुक्दा नेपालले आफूभन्दा वरियतामा १५ स्थान माथि रहेको म्यानमारमाथि जित दर्ता गर्न चुक्यो ।

खेलको ६३ औं मिनेटमा नेपालले पेनाल्टीमार्फत गोलको अवसर पाएको थियो । म्यानमारका रक्षकले पेनाल्टी एरियाभित्र बल रोक्न खोज्दा हातमा लागेपछि नेपालले पेनाल्टी पाएको हो । तर, अञ्जनले प्रहार गरेको बललाई म्यानमारका गोलकिपर क्यान सजिन फियोले बचाउ गरे ।

पहिलो हाफमा दुवै पक्षले गोलका केही अवसर सिर्जना गरेका थिए । तर, बलले जाली चुमाउन सकेनन् । दोस्रो हाफमा पनि कुनै गोल भएन ।
नेपालले दोस्रो खेल सोमबार खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *