‘भारतले २३ ओभरमा १४५ रन बनाउनु पर्ने भएपछि पोजेटिभ थियौं’ – Nepal Press

‘भारतले २३ ओभरमा १४५ रन बनाउनु पर्ने भएपछि पोजेटिभ थियौं’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपअन्तर्गत भारतसँगको खेलमा एक समय नेपालले जितको अपेक्षा गरेको बताएका छन् ।

भारतले डकवर्थ लुइस नियम आधारमा २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने भएपछि नेपाली टोलीका सबै खेलाडी पोजेटिभ भएको रोहितको भनाइ छ ।

‘टी-२० मा जे पनि हुन सक्थ्यो । एक सय ४५ रनको लक्ष्य थियो र जुन हिसाबले करन दाइले बलिङ सुरूवात गर्नुभएको छ । सुरूमा एक-दुई विकेट झरेको भए जे पनि हुन सक्थ्यो’, रोहितले भनेका छन् ।

उनले भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना पूरा पनि बताएको बताएका छन् ।

‘रोहित शर्मा बच्चैदेखि मन पर्थ्यो, ऊसँग खेल्दा निकै खुसी लागिरहेको थियो’, रोहितले भने ।

उनले पारस खड्का, शक्ति गौचन, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकरलगायत पुराना खेलाडीको योगदान स्मरण गर्दै अगाडि थपे, ‘उहाँहरूले नै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउनुभयो । हामी आइपुग्दा नेपालले उक्त मान्यता पाइसकेको थियो । पछिल्लो २ वर्षमा हामीले पनि निकै मिहेनत गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *